April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नबिल बैंक र लगानी बोर्डबीच संझौता

लगानी बोर्डको कार्यालय र नबिल बैंकबीच विदेशी लगानीकर्ता प्रोत्साहन र प्रवर्द्धनका लागि द्धिपक्षीय सम्झौता भएको छ । लगानी बोर्डले लिने रणनीतिहरु योजनाहरुमा बैक तथा वित्तीय संस्थाले गर्नुपर्ने सहयोग नबिलले गर्ने र त्यसको नेतृत्व समेत गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा नबिलले बोर्डसँग सयुक्त रुपमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) ल्याउनका लागि सहकार्य गर्ने उल्लेख छ । नबिल बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले नबिलले विदेशी लगानी भित्र्याउनका लागि ठुलो भुमिका खेलेको जनाए ।

उनका अनुसार अरुण तेस्रो बित्तिय व्यवस्थापन समेत नबिलले गरेको थियो, जुन उदाहरणीय काम भएको छ । १० बर्षमा अन्तर्राष्ट्रियस्तरको बोर्ड बनेको शाहको भनाइ छ । ’बाबुराम भट्टराई प्रधानमन्त्री हुदा स्थापना भएको लगानी बोर्ड कार्यालय राख्न र मिटिङ कसरी गर्न भन्ने समस्या थियो । अहिले एउटा लक्ष्य लिएर पनि दौडिएको छ,’ उनले भने,’लगानी बोर्ड नभएको भए अहिले विभिन्न मन्त्रालय र विभागहरु धाउँदा धाउँदै कामै गर्न नसक्ने अवस्था हुने थियो।’ उनका अनुसार अहिले नेपालका घुम्न लायक १० देश खोजी गर्दा नेपालको नाम आउन गरेको छ । ’१० वटा लगानी योग्य मुलुकमा पार्नुपर्नेछ । एउटै सोच भएको टिमसँग काम गर्दा मजा आउँछ ।

यो सुरुवात मात्र हो,’ शाहले भने । सय मेगावाट भारतलाइ विद्युत बेच्न सके नेपालको मुहार फेरिन सक्ने उनको दाबी छ । कुनै विदेशी लगानीकर्ता आए गाइड बैकले गरिदिनेछ भने लगानी सम्मेलन हुँदा वा सहयोग मागे डेस्क नै राखेर भएपनि सहयोग गर्ने उल्लेख छ । नबिल बैकसँग काम गरिरहेका अन्तरर्राष्ट्रिय निकायहरुसँग समेत विदेशी लगानी भित्र्याउन पहल गर्नेछ । लगानी बोर्डका सीइओ सुशील भट्टले यो एउटा सम्झौता मात्रै नभएर पार्टनरसीपको कल्चर विकासको सुरुवात समेत भएको जनाए । उनका अनुसार अहिले बोर्डले गुणस्तरीय र विश्वसनीय लगानीलाइ प्रवर्द्धन गर्दै आएको छ । ३१ वटा आयोजनाहरुलाई लगानीको स्वीकृति दिएको छ ।

Advertisement