March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नबिल बैंकको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नबिल बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी अशोककुमार अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल र तुलसीराम अग्रवालको नाममा रहेको २८ लाख ५८९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । अग्रवाल सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्री खुलाएको जानकारी दिईएको छ ।

जसमध्ये अशोकको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोकको १० हजार ९५१ कित्ता र तुलसीरामको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक सेयर बिक्री गरिने भएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । उक्त समयसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने जनाईएको छ ।

Advertisement