March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच संझौता

प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच संझौता

प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ सुविधामा २० प्रतिशत छुट प्राप्त हुने भएको हो ।

उक्त सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Advertisement