March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नबिल र एनबि बैंक मर्जर रोक्न परेको मुद्दा फिर्ता, मर्जर अघि बढ्ने

नबिल र एनबि बैंक मर्जर रोक्न परेको मुद्दा फिर्ता, मर्जर अघि बढ्ने

नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएका छन् । एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो । बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएको हो।’सबै कानुनी प्रकृया सकेर मुद्दा फिर्ता भएको छ । अब शनिवार विशेस साधारणसभा हुन्छ’ बैंक स्रोतले भन्यो, ’अब मर्जर रोकिँदैन । अगाडि बढ्छ।’एकल इजलासले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ ।

त्यही अवस्थामा राख्नु भनेर आदेश दिएको थियो । दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो । मंगलबारको इजलास दुबै पक्षले टारेपछि बुधबार पु¥याएको थियो । बुधबारको इजलासमा हेर्न नमिल्ने भएपछि बिहीबार पेशी तोकिएको थियो । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए । साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए ।

दुबै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन् । अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अगाडि बढेको छ । एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ । यो सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ । दुबै बैंकको जेठभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने योजना रहेको जनाईएको छ । नबिल बैंकले प्रति कित्ता ४३ रुपैेयाँका दरमा एनबी बैंक खरीद गर्न लागेको जानकारी दिईएको छ । मर्जर भएपछि बैंक देशकै दोस्रो ठूलो पुँजी कोष भएको बैंक हुने जनाईएको छ । एकीकृत कारोबार नबिल बैंकको नामबाट हुनेछ ।

Advertisement