December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले पाए एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति

नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले पाए एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति

स्वीकृति नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले आज ( असार १५गते) एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति नेपाल राष्ट्र बैंकले दिएको हो ।

राष्ट्र बैंकका वित्तीय संस्थाका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले भने, नेपाल राष्ट्र बैंकले दुई बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो ।

अब यी दुई बैंकहरुले एकीकृत कारोबार गर्न सक्नेछन् ।कर्मचारी समायोजनमा बङ्लादेश बैंकका कर्मचारीको पद यथावत राखिने सहमती भएको समेत स्रोतले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार कर्मचारी समायोजनको विषय टुंगो लागिसकेको छ । साथै असार मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी रहेको बैंकले जनाएको छ ।

Advertisement