सिभिल क्यापिटल मार्केटको निमित्त सीईओमा शोभना घिमिरे
सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शोभना घिमिरे नियुक्त भएकी छिन् । दुई साता अघि बसेको कम्पनीको सञ्चालक समिति बैठकले घिमिरेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
एनआईसी एशिया बैंकबाट बैंकिङ यात्रा सुरु गरेकी घिमिरे गत माघ बाट सिभिल बैंंकको स्ट्राटेजिक म्यानेज्मेन्ट अफिसमा काम गर्दै आएकी थिइन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
विगत १३ वर्षदेखि सिभिल क्यापिटल मार्केटले आईपीओ निस्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, सेयर प्रत्याभूति र संस्थागत परामर्श सेवालगायत पुँजी बजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको छ ।
उनको कार्यकालमा कम्पनीले थप उचाई पाउने विश्वास लिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्