रिडी र रैराङ हाइड्रोपावरले एकैदिन विशेष साधारणसभा बस्दै, मर्जर प्रक्रिया अनुमोदन गर्ने
रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एकैदिन विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालकहरुको बैठकले आज (असार १७ गते) विशेष साधारणसभा बोलाएका हुन् । दुवै कम्पनीको सभा आ –आफ्नो कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने भएको छ । रिडीको दिउँसो १ः३० बजेबाट र रैराङको बिहान ११ बजेबाट सभा सुरु हुनेछ ।
मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का राख्न अनुरोध गरेको छ । दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका अस्थायी रुपमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिन रैराङ हाइड्रोपावरले आग्रह गरेको छ ।दुवै सभाले रिडी हाइड्रोपावरमा रैराङ हाइड्रोपावर गाभ्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछन् ।
सभाले विद्युत नियमन आयोगबाट प्राप्त स्वीकृतिसमेतका आधारमा १००ः९३ सेयर स्वाप रेसियो पनि पारित गरेका छन् । रैराङको १०० कित्ता सेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
प्रतिकृया दिनुहोस्