December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

टेलिफोन, बिजुली र इन्टरनेटका सबै तारहरु व्यवस्थित बनाएर एउटै तारबाट सबै सेवा दिनेः मन्त्री श्रेष्ठ

टेलिफोन, बिजुली र इन्टरनेटका सबै तारहरु व्यवस्थित बनाएर एउटै तारबाट सबै सेवा दिनेः मन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले टेलिफोन, बिजुली र इन्टरनेटका सबै तारहरु व्यवस्थित बनाएर एउटै तारबाट सबै प्रदायकहरुलाई सेवा दिन सकिनेतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । राज्यमन्त्री श्रेष्ठले देश विकासको लागि सबैभन्दा ठूलो मेरुदण्ड पूर्वाधार भएको जनाउदै डिजिटल प्रविधिमा जोड दिएका छन् । राजधानीमा शुक्रवार आयोजित इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘बैंक लगायत सबै कुरा डिजिटलमा गइसक्यो अबको दिनमा बिजुली, इन्टरनेट सबै ब्रोडब्यान्डमा लैजानुपर्छ । उनले पूर्वाधारको दीर्घकालीन समाधानका संचार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले नेपाल टेलिकम र विद्युत प्राधिकरणका पोलबाट मात्र मर्मतसम्भार गर्न गाह्रो भएकाले यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले पोलको भाडा सबैसँग उठाउँदा उपभोक्तालाई भार बढेको तीतो यथार्थ पनि बताए । उनले पोलको व्यवस्थापन गर्न सक्ने हो भने इन्टरनेट लगायतको शुल्क घटाउन सकिनेमा जोड दिएका छन् ।

Advertisement

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नीति बनाउने प्रक्रियामा निकै ढिलाइ हुने कारणले सूचना प्रविधिमा असर परेको जनाएका छन् । उनले शुल्क घटाउने अबको बाटो भनेको नै पूर्वाधार सेयरिङ भएको भनेका छन् । उनले भने, ‘विद्युत प्राधिकरणले आफ्नो पूर्वाधार निश्चित शुल्क लिएर सेयरिङ गर्नुपर्छ । ब्रोडब्याण्डको लागि नेपाल टेलिकम र विद्युत प्राधिकरण आए पूर्वाधार निर्माणका लागि लाइसेन्स दिन्छौं । मिलेर जाँदा सबैलाई फाइदा हुन्छ ।’ नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले इन्टरनेटलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिएका छन । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले हाल देखिएका समस्याहरु बीच सहकार्य गरेर समाधान गर्न सकिने जनाए । उनले सरकारको डिजिटल नेपाल बनाउने अभियानमा सबैलाई लाग्न आह्वानसमेत गरेका छन् ।

Advertisement

उनले भएका संरचनाहरुमा अझ सुधार होस् भनेर नै काम गरिरहेको उल्लेख गरेका छन् । उनले पूर्वाधार सेयरिङ गर्न जरुरी रहेको भन्दै अगाडि भने, ‘हाम्रो बिजनेश विद्युत नै हो इन्टरनेट होइन ।’ इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष विनय बोहोराले पूर्वाधार कम्पनी आवश्यक रहेको बताए । उनले इन्टरनेट सेवा प्रदायकहरुले यति धेरै तारहरु विभिन्न बिजुली लगायतका पोलहरुमा राखेको भन्दै त्यसलाई व्यवस्थित बनाउने पूर्वाधार कम्पनीको पनि आवश्यकता रहेको बताए । यिनै तारहरुका कारण शहर कुरुप बन्दै गएको पनि उनको ठम्याइ छ । उनले पोलको भाडा निर्धारण गर्ने निकाय खोइ त ? भनी प्रश्नसमेत गरे । उनले पोलको भाडा घटाउन सके इन्टरेनटको मूल्य पनि घटाउन सकिने उल्लेख गरे ।सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले गुणस्तरीय ब्रोडब्यान्डमा जोड दिँदै टेलिकम अपरेटर, इन्टरेनट सेवा प्रदायक तथा विद्युत प्राधिकरणबीचको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।