डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुग्यो
अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यो सर्वाधिक उचाइ हो । डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ । अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ । यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ । अर्कोतिर अमेरिकालगायत संसारभरीका केन्द्रीय बैंकले ब्याज दर बढाउँदै लगेका छन् ।
यसले ऋण निरुत्साहन भएर मूल्यवृद्धिमा कम चाप पर्छ भन्ने अनुमान हो । तर, डलरको भाउ यसले पनि बढाएको छ । छोटो समयमै डलरको भाउमा आएको तीव्र वृद्धि अझै केही समय नथामिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि उत्तिकै कमजोर हुन्छ । भारतीयहरुका अनुसार, (१.६ ले तुलना गर्दा) आगामी केही दिन डलरको भाउ अझै १÷२ रुपैयाँले बढ्न सक्नेछ ।
प्रतिकृया दिनुहोस्