४÷ १२ को नीति हटाउन व्यवसायीको माग
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ४÷१२ को नीति हटाउनुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सेयर बजारमा ४÷१२ को नीति हट्नुपर्ने माग राखे । उनले ४÷१२ को नीति आएसँगै गभर्नरलाई भेटेर चेम्बरले नीति हटाउन माग गरेको भन्दै यसले सेयर बजार घटेको जानकारी दिए । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सेयर बजार बढाउने नीति राष्ट्र बैंकले लिनुपर्ने जनाए ।
उनले धेरैले ४÷१२ को नीति खारेज गर्नुपर्ने भन्दै मागलाई अध्ययन गरेर सम्बोधन गर्नुपर्ने जानकारीप दिए । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ४÷१२ को नीति कार्यान्वयनमा ल्याएको हो । जसमा एउटा व्यक्तिले सेयर धितो राखेर एउटा बैंकबाट ४ करोड तथा समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा ऋण लिन पाइदैन । जुन नीति पूर्ण रुपमा असार मसान्तदेखि कार्यान्वयनमा आउनेछ ।
प्रतिकृया दिनुहोस्