December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

प्राइमलाइफद्वारा विद्यालयलाई सहयोग

प्राइमलाइफद्वारा विद्यालयलाई सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत उदयपुर जिल्लाको खाट मन्दिर आधारभूत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढी बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेको छ । साथै भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा स्कूल ब्याग र आर्थिक सहयोग हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरीनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशील भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल तथा बिद्यर्धीलाई सहयोग गर्न पाएको खुशी व्यक्त गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, बिकास अधिकारी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Advertisement