December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

अपर सोलु हाइड्रोको आइपीओमा १ अर्ब ४९ करोड आवेदन

अपर सोलु हाइड्रोको आइपीओमा १ अर्ब ४९ करोड आवेदन

अपर सोलु हाइड्रोको आइपीओमा १ अर्ब ४९ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार २३ गते) अन्तिम दिन बिहान १०.९ बजेसम्ममा १२ लाख ९४ हजार ३०६ जनाले १ करोड ४९ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.१८ गुणा बढी आवेदन रहेको छ ।

यसमा  प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर जारी गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउँनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

 

Advertisement