सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोवार रकम पनि घट्यो
साताको पाँचौ दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोवार रकम पनि घटेको छ । बिहीबार नेप्से परिसूचक १६.६० अंक घटेर २०२७.३२ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३१ हजार २७६ पटकको कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस दिन अरुण काबेली र शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन कुल ४६ वटा स्टकको मात्र मूल्य बढेको छ । मूल्य बढेका स्टकको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावट दर पनि कम नै रहेको छ । यस दिन समिट लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेको छ । त्यसैगरी, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ३.६४ प्रतिशत घटेको छ । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाट अरु सबैको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
प्रतिकृया दिनुहोस्