मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सर्वसम्मतिले पारित, प्रदेशसभा बैंठक अनिश्चित
- वाणिज्य न्युज
- २७ असार २०७९
मधेस प्रदेश सभाले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याइएको बजेट सर्वसम्मतले पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट पारित भएसँगै प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्