सुनको मूल्य सय रुपैयाँले घट्यो, चाँदी स्थिर ?
- वाणिज्य न्युज
- २७ असार २०७९
साताको दोस्रो दिन नेपाली बजारमा सोमबार सुनको मूल्य १०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्