December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सावन १ गतेबाट सुरु

हिमालयन जनरल र एभरेष्ट इन्सुरेन्स एक आपसमा मर्ज भएर एकीकृत कारोबार सावन १ गतेबाट सुरु  गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा समितिले असार ८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २३ गते अन्तिम स्वीकृति दिइसकेको हो । दुवै एक भएपछि अब हिमालयन एभरेष्ट इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १००.८५ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी मर्जरमा जाने प्रस्ताव दुवै कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ हुनेछ । बीमा समितिले वैशाखमा नै बीमा कम्पनीहरुको चुक्ता न्यूनतम पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो । समितिले तोकेको पूँजी पु¥याउन बीमा कम्पनीहरुले धमाधम मर्जरको सम्झौता गरिरहेका छन् । समितिले २०८० चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीलाई ५ अर्ब पूँजी कायम गर्न निदेशर््ान दिएको छ ।

Advertisement