वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चार हप्तामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो । विदेशी मुद्रामा रहेको निक्षेप तीन अर्ब रूपैयाँले घटेपनि करिब ६४ अर्बले नेपाली मुद्रामा रहेको निक्षेपमा बढोत्तरी भएको हो । असार यता सरकारी खर्च बढ्न थालेकोले पनि निक्षेपमा सुधार भइरहेको छ । असार ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो ।
यस अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको हो । असार ३ गतेदेखि १० गतेसम्म चार अर्ब निक्षेप थपिएको थियो । त्यस्तै, असार १० गतेदेखि १७ गतेसम्म ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । त्यस्तै, यस अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा भने सामान्य घटेको छ । असार ३ गतेदेखि २४ गतेसम्मको चार १४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । असार ३ गतेसम्म यी बैंकहरुले ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह असार २४ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सिमित भएको संघको तथ्यांकमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्