February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

विश्व बैंकले नेपाललाई पौने १३ अर्ब सहुलियत ऋण दिने

विश्व बैंकले नेपाललाई पौने १३ अर्ब सहुलियत ऋण दिने

नेपाल सरकार र विश्व बैंकले पौने १३ अर्ब रुपैयाँ (१० करोड डलर)को सहुलियत ऋण दिने सम्झौता भएको छ । हरित, जलवायुमैत्री र समावेशी विकासका लागि उक्त सहुलियतपूर्ण ऋण दिने सम्झौता भएको हो । यो बजेटरी सहयोगअन्तर्गत आउने रकम हो । यसले नेपालमा हरित, जलवायुमैत्री र समावेशी विकासमा खर्च हुने जानकारी दिईएको छ । ग्रिडअन्तर्गत पर्ने तीनमध्ये पहिलो शृंखलाको ऋण भएको जनाईएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग सहकार्य विभागका सहसचिव ईश्वरी प्रसाद अर्यालले नेपाल सरकारको तर्फबाट र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक ल्याडा स्ट्रेकोभाले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ । याडाले भने, ‘यसले अझै हरित, अझै समावेशी र झन् धेरै जलवायुमैत्री विकासको राष्ट्रिय उद्देश्यलाई सहयोग गर्नेछ ।’

Advertisement