इम्बोस्ड नम्बरको आवेदन खुल्दै
सर्वाेच्च अदालतको आदेशपछि स्थगित इम्बोस्ड नम्बर प्लेटको आवेदन पुनः खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणाली मार्फत हेर्न मिल्ने इम्बोस्ड नम्बर प्लेटका पुनः आवेदन खुला गर्ने लागेको हो ।
आवश्यक प्राविधिक तयारी पुरा गरेको र कार्यालय व्यवस्थापन र कर्मचारीहरुलाई प्रशिक्षण दिने लगायतका काम बाँकी रहेकाले एकरदुईदिन भित्रमा आवेदन खुला गर्ने तयारी यतायता ब्यवास्था बिभागको छ ।
दुई वर्ष अघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ०७४ फागुन १० गतेदेखि रोकिएको थियो । विभागले पहिलो पल्ट पाँच सय नम्बर प्लेटको काम सुरु गर्ने छ । विभागले तत्काल राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन सूचना जारी गर्ने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस्