January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

अबैध सुन नियन्त्रणमा लिएर बाडिचुँडी खाने इन्सपेक्टर सहित चौकीका सबै निलम्बित (नामावलीसहित)

अबैध सुन नियन्त्रणमा लिएर बाडिचुँडी खाने इन्सपेक्टर सहित चौकीका सबै निलम्बित (नामावलीसहित)


सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक (इन्सपेक्टर) खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टर मातहतका सबै निलम्बनमा परेका हुन् ।
गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरी उनीहरुले लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो ।
उनीहरुले सुन तस्करीमा संलग्न चालकलाई सो सुन लिएर छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । सुन नियन्त्रणमा लिएर घटना सार्वजनिक भएलगत्तै रसुवा जिल्ला प्रशासनले प्रारम्भिक छानबिन गरेर थप छानबिनका लागि गृह मन्त्रालयमा पठाएको थियो  । गृहले प्रहरी प्रधान कार्यालयलाई छानबिनका लागि निर्देशन दिएबमोजिम प्रधान कार्यालयबाट बागमती प्रदेश प्रहरीलाई निर्देशन गएको थियो  । बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा प्रहरीको मिलेमतो देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ । प्रहरी कार्यालयबाहिर जान नपाउने गरी उनीहरूलाई गणभित्र राखिएको हो । सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन्न ।
बजारमूल्य करिब २८ लाख रुपैयाँ पर्ने उक्त सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका थिए । स्रोतका अनुसार यो घटनामा प्रहरीबाहेक व्यापारी, कर्मचारी र जनप्रतिनिधिसमेतको संलग्नता छ । प्रहरी प्रधान कार्यालयले समेत सो प्रकरणमा थप अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न गिरोह, तस्करीको सुन किन्ने व्यापारीलगायत माथि समेत छुट्टै अनुसन्धान भइरहेको छ ।

Advertisement

निलम्बनमा पर्नेहरुको नामावली
1.    प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
2.    प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
3.    प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
4.    प्रहरी हवल्दार रामशरण रिमाल
5.    प्रहरी हवल्दार पुरुषोत्तम खत्री
6.    प्रहरी हवल्दार रामकाजी लामा
7.    प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
8.    प्रहरी जवान शिव नारायण चौधरी  

Advertisement

 9.    प्रहरी जवान युवराज खरेल
10.    प्रहरी जवान भविलाल रुम्बा लामा
11.    प्रहरी जवान रामचन्द्र वि.क.
12.    प्रहरी जवान रिता चौधरी
13.    प्रहरी जवान मनोज आले
14.    प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
15.    प्रहरी जवान तारा बहादुर प्रजा
16.    प्र.का.स. हरी बहादुर श्रेष्ठ