पाँच करोड लगानीमा विराटनगरमा डेरी उद्योग स्थापना
फागुन १६ ,काठमाडौं ।
विराटनगरमा ५ करोड लगानीमा डेरी उद्योगको स्थापना भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवामा सूर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्री प्रालिको नामबाट उक्त डेरी उद्योग सञ्चालनमा आएको हो ।
उक्त डेरी उद्योग मनोज यादव, अनुज यादव र विनोद राठीले संयुक्त रूपमा लगानी गरी सञ्चालनमा ल्याएका थिए । उद्योगको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
आन्तरिक दुध उत्पादनको खपत बढाउने उद्देश्यका साथ स्थापना गरिएको उद्योगले दैनिक २० हजार लिटर दुध प्रशोधन गर्नछ । साथै दही, घ्यू, बटर र पनिर उत्पादन सुरु गरेको छ ।
कार्यक्रमको अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अब दुुग्धजन्य वस्तुु उत्पादनमा समेत आत्मनिर्भर बन्नुुपर्ने र त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस्