January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

साताको पहिलो दिन सेयर बजारमा गयो पहिरो, रकममा सुधारभएपनि नेप्से ओरालो

साताको पहिलो दिन सेयर बजारमा गयो पहिरो, रकममा सुधारभएपनि नेप्से ओरालो

फागुन १८, काठमाण्डौ ।

साताको पहिलो कारोबार दिन आइतबार बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेको पहिलो दिन नेप्से परिसूचक ४०.८२ अंकले ओरातो लागेर १५९१.३६ को विन्दूमा बन्द भयो । अधिल्लो हप्ताको विहिवार मात्र नेप्सेले तीनबटा नयाँ रेकर्ड बनाएर बजार बन्द भएको थियो । गत बिहीबारमात्रै १ हजार ६ सय माथि पुगेको नैपसे परिसूचक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा झरेको हो ।
यो दिन पनि बजारमा कारोबार रकमले इतिहास रचेको छ । यो दिन ४ अर्ब ८४ करोड ७४ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै, एकैदिन ३९ हजार २८९ वटा कारोबारको नयाँ कीर्तिमान समेत कायम भएको छ । बजारले एकैदिन १ करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर कारोबार भएको नयाँ कीर्तिमान समेत राखेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा उल्लास देखिएको छ । काराबार रकम ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ३९ हजार २ सय ८९ कारोबारबाट १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैकिङ क्षेत्रमा आकर्षित भएका लगानीकर्ताको पहिलो रोजाइमा एनएमबि बैंक परेको छ । एनएमबिको मात्रै २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको ग्लोबल आइएमईको आइतबार २५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । त्यस्तै २४ करोड ६४ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । नेपाल लाइफले एनआइसी एशिया, नेपाल बैंक, लाई समेत जितेको छ ।

Advertisement