January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सुनको मूल्यमा झन नयाँ रेकर्ड

सुनको मूल्यमा झन नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

Advertisement

बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

Advertisement

सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।