कोरोनाले नेपालको जिडिपीमा ०.१३ प्रतिशत क्षति पुग्ने प्रारम्भिक अनुमान
२३ फागुन, काठमाडौँ ।
कोरोना भाईरसले नेपालको कुल गार्हस्थ उत्पादन जिडिपीको ०.१३ प्रतिशत आर्थिक क्षती हुने प्राम्भिक अनुमान एसियाली विकास बैंकले गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार विश्वमा कुल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षती हुने अनुमान एसियाली विकास बैंक ९एडिबि० ले गरेको छ । जस मध्ये नेपालको ०.१३ प्रतिशत रहेको छ ।
कोरोना भाइरसले यसरी नै विश्वव्यापी अर्थतन्त्रमा असर गर्दे जाने हो भने करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । कोरोनाको प्रभाव बढ्दै जाँदा नेपालको जिडिपीमा १.११ प्रतिशत सम्मको क्षती हुने अनुमान छ । अर्थात ३२१.७ मिलियन डलर सम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ ।
कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ ।
नेपालमा कोरोना भाईरसका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । जसमध्ये धेरै रोजगारी होटेल र रेष्टुरेन्टमा गुम्ने देखिएको छ । यसबाहेक व्यापार व्यवसायमा बढी रोजगारी गुम्ने आंकलन गरिएको छ । अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ ।
प्रतिकृया दिनुहोस्