शेयर बजारमा तीन पटक सर्किट ब्रेकरः ८६ अंकले भयो भारी गिरावट
फागुन २७, काठमाडौं ।
अन्र्तराष्ट्रिय बजारमा आएको मन्दीको असर नेपाली शेयर बजारमा पनि देखिएको छ । विशेषगरी कोरोनाको प्रभाव र त्यसपछि देखिएको आर्थिक मन्दीको असर विश्व बजारमा यतिखेर देखिएको छ । त्यस्को असर नेपालमा पनि गतिलै तरिकाले देखिएको छ । यस्को झझल्को आजको शेयर बजारमा देखिएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको छ । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लागेको हो ।
चार दिनको बिदापछि मंगलबार खुलेको नेप्से ८६ अंकले ओर्लिएर बन्द भएको छ । बजार ६ प्रतिशतले घटेपछि १ बजेर १३ मिनेटबाटै आजका लागि कारोबार स्थगित भएको हो । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ ।
प्रतिकृया दिनुहोस्