January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सुनको मूल्यमा एकैदिन तीन हजारले गिरावट

सुनको मूल्यमा एकैदिन तीन हजारले गिरावट

फागुन ३०, काठमाडौं ।
सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ । हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो ।
अन्र्तराष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाल पनि सुनको मूल्य घटेको हो । सुन सँगै बजारमा चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement