निजामती कर्मचारी अस्पतालले माग्यो ३२८ जना कर्मचारी
निजामती कर्मचारी अस्पतालले ३२८ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।अस्पतालले एक सुचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।
अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले १० औंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको हो ।न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।
आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति र पेसागत आबद्धता प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), समावेशी समूह खुल्ने कागजात अनलाइन दरखास्त प्रणालीले तोकिएको स्थानमा पीडिएफ बनाएर अपलोड गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस्