समयमै गर्भनर नियुक्त गर्न सरकार असफल, कसलाई बनाउने भन्ने विवाद बढ्दा प्रकृया लम्बियो
चैत ०५, काठमाडौं ।
अर्थमन्त्री डा युवराज खतिवडाले फागुन १५ गते आयोजित पत्रकार सम्मेलनमा चैत ५ गतेभित्र नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गरिसक्ने जानकारी दिएका थिए । तर गभर्नर नियुक्तको समय सकिएपनि गर्भनर नियुक्त गर्न सकेको छैन् । नियुक्तीको लागि मन्त्रीपरिषद बैंठक बस्नु पर्ने भएपनि त्यो नहुँदा नियुक्ती रोकिएको हो । समयमै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल सावित भएको छ ।
चैत ५ गते नयाँ गभर्नरले नेपाल राष्ट्र बैंकको कार्यभार सम्हाल्नुपर्ने थियो । तर त्यस्तो सम्भावना अहिलेका लागि टरिसकेको छ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका छन् । ओली अस्पतालबाट डिस्चार्ज भएर मन्त्रिपरिषद बैठक नबस्दासम्म गभर्नर छनौट समिति बन्न सक्दैन् । समिति गठन गर्ने वित्तिकै गभर्नर सिफारिस भैहाल्छ भन्ने पनि छैन । किनकी त्यसबिचमा आकांक्षीहरुको शक्ति केन्द्र दौडधुपले केहि प्रभाव पार्न सक्छ । यद्यपी, प्रधानमन्त्री र अर्थमन्त्रीबीचको समन्वय हुँदा केहि क्षणमै गभर्नरका लागि ३ जनाको नाम सिफारिस हुन सक्छ । त्यो आजका दिनसम्म पनि भएको छैन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को (दोस्रो संशोधन ऐन २०७३) को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनु भन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा ऐन–बमोजिम नियुक्त गरी सोको सुचना प्रकाशन तथा प्रसारण गर्नेछ’ भनेर स्पष्ट रूपमा लेखिएको छ । यो कानुनी व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल भएको हो ।
हुनत, सरकारले हरेक महत्वपूर्ण नियुक्तिहरु अन्तिम समयमा नै गर्दै आएको छ । सरकारले नयाँ गभर्नर नियुक्तिको लागि गर्नुपर्ने कानुनी र प्रक्रियागत काम समेत सुरु गरेकै छैन । जसले गर्दा यसपटक भने गभर्नरको कार्यकाल सकिँदासम्म मुलुकले नयाँ गभर्नर पाउन सेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण सरकारले समिती गठन गर्न नसकेको भन्ने दाबी सरकराले गरेपनि त्यो मिथ्या आरोप बाहेक केही होइन् ।
को को गर्भनर बन्ने चर्चामा
अहिले डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवप्रसाद श्रेष्ठ पदीय रूपमा तथा राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्का पूर्वकार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ प्रवल दाबेदार मानिएका छन् । यी चारबाहेक बाहिरबाट गभर्नरको खोजी भइरहेकै कारण नियुक्तिमा ढिलाइ भएको स्रोत बताउँछ । राष्ट्र बैंक ऐनमा एकजना डेपुटी गभर्नरलाई गभर्नरको सिफारिस अनिवार्य गर्नुपर्ने व्यवस्था छ । यसले गर्दा शिवाकोटी अनिवार्य रुपमा तीन जना सदस्यमा पर्ने छन् ।
यस्तै पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी पूर्व अर्थसचिव राजन खनाल तथा पूर्व राजस्व सचिव तथा अहिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका लालशंकर घिमिरेको नाम गभर्नर पदका लागि चर्चामा छ । यस्तै बजारमा भएको चर्चा अनुसार अहिलेका अर्थसचिव शिशिर ढुंगाना कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्य समेत दाबेदारको रुपमा चर्चामा छन् ।
राष्ट्र बैंकबाट कार्यकारी निर्देशकबाट अवकास पाएका र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती पाएका भीष्मराज ढुंगानाले समेत गभर्नरका लागि बलियो लबिङ गरेका छन् । उनीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ
स्थापित मान्यताअनुसार प्रधानमन्त्रीले चाहेको व्यक्ति गभर्नरमा नियुक्त हुने गरेका छन, किनकी गभर्नरलाई सरकारको मुख्य आर्थिक सल्लाहकार मानिन्छ । यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको चाहनाविपरीत डा. चिरन्जीवी नेपाललाई गभर्नरमा नियुक्त गराएका थिए ।
अहिले सत्तारुढ दलभित्र दुई अध्यक्ष भएको र उच्च राजनीतिक नियुक्तिमा भागबन्डाका सहमति भएकै कारण प्रधानमन्त्री ओली पक्षधर निर्णय हाबी हुने वा कार्यकारी अध्यक्ष दाहाल पक्षधर व्यक्तिको चयन गर्ने भन्ने विषयमा निर्णय हुन नसक्दा पनि गर्भनर पद लम्बिएको हो । ‘राष्ट्र बैंक ऐनअनुसार गभर्नर एक महिनाअघि नियुक्त गर्नु पर्ने हो, तर अहिलेको खिचातानीकै कारण केन्द्रीय बैंक नेतृत्वविहीन भएको छ ।
ओली निकटमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी मानिन्छन् भने डा. मीनबहादुर श्रेष्ठ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डनिकट छन् । सभामुख नियुक्ति प्रकरणदेखि नेकपाका दुवै अध्यक्षबीचको हानथाप गभर्नर नियुक्तिसम्म आइपुगेको छ । अर्थमन्त्री डा. खतिवडाको राष्ट्रिय सभामा म्याद सकिएपछि नेकपा पदाधिकारी बैठकले बामदेव गौतमलाई उक्त पदमा लैजाने निर्णय गरेपछि ओली र दाहालबीच तिक्तता बढेको हो ।
राष्ट्र बैंकमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएपछि अर्थ्विदहरूले चिन्ता व्यक्त गरेका छन् । नेताको आर्शिवाद पाउने व्यक्ति गभर्नर बन्ने गरेका कारण स्वस्थ्य प्रतिस्पर्धा हुन नसकेको उनीहरूको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफू अस्पतालमा उपचाररत रहेकै बेला कुनै पनि सांसद नभएका व्यक्तिको रुपमा खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिइसकेका छन् भने बामदेवको नियुक्तिका विषय अलपत्र छ । प्रधानमन्त्री निकटका व्यक्तिले अर्थमन्त्रीमा पुनः नियुक्ति पाएपछि आफू निकटका अर्थशास्त्रीले गभर्नर पाउनु पर्ने अर्का कार्यकारी अध्यक्ष दाहालको दाबी रहेको स्रोत बताउँछ ।
बजारमा चर्चामा रहेकामध्ये श्रेष्ठ, शिवाकोटी र अधिकारी नै गभर्नरका लागि बलिया उम्मेदवार हुन् । यता अर्थमन्त्री डा. खतिवडाको रोजाईमा अधिकारी छन् । उनी राष्ट बैंकमै कार्यरत आफना ज्वाई रामशरण खरेलको समेत कुरा सुनेर शिवाकोटीलाई भन्दा पनि अर्को उमेदवार अगाडि बढाउन चाहान्छन् । यस हिसावले अधिकारी उनका बलिया उमेदवार हुन् । तत्कालीन गभर्नर डा. खतिवडाले उनलाई डेपुटी गभर्नर बनाएका थिए । खतिवडाको निर्णयप्रति असन्तुष्टी जनाउदै केही वरिष्ठ कार्यकारी निर्देशकहरुले पदबाट राजीनामासमेत गरेका थिए । अधिकारी अहिले लगानी बोर्डमा सीईओ छन् ।
यता, ओलीनिकट शिवाकोटीको गृह जिल्ला झापाका र एमालेनिकट भएका कारण गभर्नर हुनेमा उनी ढुक्क छन् । शिवाकोटी प्रतिस्पर्धामा रहेका महाप्रसाद अधिकारी र डा. मीनबहादुर श्रेष्ठभन्दा कनिष्ठ हुन् । उनी प्रधानमन्त्री ओलीका निकट भैरहेको छन् । केही समय अगाडि आफ्नो किताब बिमोचन गर्दा पनि ओलीकै हातबाट गराएका थिए । यसले पनि शिवाकोटी नै गर्भनर हुने पक्का जस्तै छ । उनी नियुत्त भएमा सरकारको आलोचना पन नहुँने पक्का छ ।
राजनीतिक नियुक्तिबाट आउने गर्भनरले प्रभावकारी रुपमा काम गर्न नसक्दा केन्द्रीय बैंक अर्थ मन्त्रालयको महाशाखा भूमिकामा संकुचित पारिँदैछ । विश्व परिवेशमा बढ्दो केन्द्रीय बैंकको भूमिकासँगै नेपाली अर्थतन्त्रमा वित्तीय क्षेत्रले निर्वाह गरेको मेरुदण्डको भूमिका कारण सक्षम गभर्नरको खोजी भएको हो ।
कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई
सरकारले कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई दिएको छ । बुधबारदेखि गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर नियुक्ती एक महिना अघि नै हुनुपर्ने कानूनी प्रावधान भएपनि नियुक्ती गर्न सरकार असफल हुँदा कामूको जिम्मा शिवाकोटीलाई दिएको हो ।
गभर्नर पद रिक्त भएपछि सरकारले बरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ । अहिले बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा चिन्तामणी शिवाकोटी रहेका छन् । सरकारले समयमा नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि आजदेखि राष्ट्र बैंकको कामू गर्भनरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन् ।
प्रतिकृया दिनुहोस्