May 15, 2025, Thursday
२०८२ जेष्ठ २

कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेपछि ५० प्रतिशत राहत माग्दै व्यवसायी

कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेपछि ५० प्रतिशत राहत माग्दै व्यवसायी

चैंत ०६, काठमाडौँ ।

Advertisement

कारोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि विश्वभरका अधिकाँश देशले संकटकाल घोषणा गरी आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचित गरेका छन् । एकातिर कोरोना भाईरसको महामारी दिनानुदिन तीब्र गतिमा संसारभर फैलिँदो छ । अर्काेतिर त्यसको संक्रमणबाट सुरक्षित रहन हरेक देशका सरकार कठोर रुपमा प्रस्तुत भएका छन् । नेपाल सरकारले पनि विशेष काम पर्दा बाहेक अन्य अवस्थामा बाहिर हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी प्रभावसँगै उत्पन संकटकालीन अवस्थामा देशभरका साना, मझौला तथा ठूला व्यवसायीहरुलाई बचाई राख्न होटल तथा पर्यटन व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement


स्वदेश तथा विदेशका पर्यटकहरुको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्ण रुपमा धरासायी हुने देखिएको छ । यस्तोपरिबेशमा नेपालमा पनि साना तथा मझौता ब्यासायीले सरकारलाई हार गुहर गर्न थालेका छन् । साना, मझौला तथा ठूला व्यवसायीहरुलाई बचाई राख्न संघले ११ बुँदे माग राख्दै सरकारको ध्यानकर्षण गराएका हुन् । संघका अध्यक्ष सन्तोष उप्रेती र महासचिव दामोदर नेपालले विज्ञप्ति नै निकालेर सिंगो होटल तथा पर्यटन व्यवसायलाई नै पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउन राहत प्याकेज उपलब्ध गराउन संघीय, प्रदेश सरकार तथा स्थानीय सरकारलाई माग गरेका छन् ।


ब्यवसायीले बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५० प्रतिशत छुट गराउन, व्यवसायीले बुझाईरहेको घर बहालमा ५० प्रतिशत छुट, पानी, विजुली लगायतका महशुलमा ५० प्रतिशत छुट दिन, कर्मचारीले पाउने तलब सुविधा मध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था गर्न संघले माग गरेको हो ।