January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

एफएनसीसीआईको चुनाव दुई महिनाका लागि सर्ने

चैत ०६, काठमाडौं ।
विश्वमा बढ्दै गएको कारोना भाइरस (कोभिड–१९) भाइरसले विशव प्रभावित बनाएको छ । यतिखेर यस्ले विश्व अर्थतन्त्रनै तहस नहस बनाएको छ । यही परिबेशमा नेपालको अर्थतन्त्र पनि ध्वस्त हुँदै गएको छ । विश्वमा कोरोनाको प्रभाव बढ्दै जादाँ नेपालको उद्योग ब्यवसायमा त प्रभाव पा¥यो नै यसले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को यहि चैत २८ र २९ गते हुने साधारणसभा पनि स्थगत हुने भएको छ ।

Advertisement

सरकारले नियन्त्रणका लागि अप्रिल ३० तारिकसम्म एसईई र त्रिविको परीक्षा सहित धेरै मानिसको जमघट हुने स्थान समेत बन्द गरेपछि महासंघको साधारणसभा पनि सर्ने भएको हो ।

Advertisement


यस्का लागि बिहीबार महासंघ पदाधिकारी बैठक बस्दैछ । २५ जनाभन्दा बढी भेला हुन नपाउने भएपछि कसरी साधारणसभा गर्न सम्भव नहुँदा चुनाब सर्ने भएको हो । महासंघको चुनावमा हजारौं उद्यमी व्यवसायीको सहभागिता हुन्छ ।

यस्को लागि महासंघकी अध्यक्ष भवानी राणाले अर्को सूचना नभएसम्मका लागि कम्तीमा पनि दुई महिना साधारणसभा गर्ने प्रस्ताव लैजादैछिन् । त्यस्का लागि वर्तमान अध्यक्ष भवानी राणा र आगामी अध्यक्ष शेखर गोल्छाबीच छलफल भएको र सकेही अनुसार प्रस्ताब पास गराउने तयारी भएको छ । महासंघको आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।