March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पहुँचमार्ग र प्रशारणलाइन निर्माण गरे शोधभर्ना दिइने, बन्द रहेका तीन उद्योग सञ्चालनमा ल्याइने

पहुँचमार्ग र प्रशारणलाइन निर्माण गरे शोधभर्ना दिइने, बन्द रहेका तीन उद्योग सञ्चालनमा ल्याइने

उद्योगसम्म पुग्ने बाटो र बिजुलीको प्रशारण लाइन उद्योग आफैँले वा लगानीकर्ता आफैँले निर्माण गरे सरकारले शोधभर्ना दिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी आफैँले उद्योग भएको ठाउँसम्म पहुँचमार्ग र प्रशारणलाइन निर्माण गरे शोधभर्ना दिने नीति लिइने घोषणा गरेका हुन् । उनले उद्योगहरुलाई सस्तो दरमा निरन्तर बिजुली दिने प्रवन्ध मिलाइने पनि बताएका हुन् । राष्ट्रपति पौडेलले औद्योगीक क्षेत्रमा वैदेशिक लगानी भित्र्याइने पनि बताएका छन् ।

सरकारले बन्द रहेका तीन उद्योग सञ्चालनमा ल्याइने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योग सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन् । पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सरकारले सञ्चालनमा ल्याउने राष्ट्रपति पौडेलले बताए । ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सरकारले सञ्चालन गर्नेछ’, उनले भने ।

Advertisement