April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गरिने

अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गरिने

सरकारले वर्तमान कर प्रणाली पुनरावलोकन गर्ने भएको छ । संयुक्त संसदमा आज सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणाली पुनरावलोकन हुने जानकारी गराएका छन् ।

सम्बोधनका क्रममा उनले भने, ‘राजस्वको दायरा विस्तारमा ध्यान दिइनेछ ।’ अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु विप्रेषण आप्रवाह, विदेशी विनिमय सञ्चिति साथै तरलता पनि क्रमिक सुधार हुँदै गएको भन्दै उनले अर्थतन्त्र सुधारोन्मुख रहेको पनि बताए । त्यसैगरी उनले उत्पादनशील र लगानीका क्षेत्रको प्रवद्र्धन गरिने तथा राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको नीति रहेको खुलाए ।

Advertisement