सोमबार चार विदेशी विमानलाई नियमित उडान गर्न दिएको खुलासा
चैत १०, काठमाडौं ।
नेपाल सरकारले अन्र्तराष्टिय उडान भर्ने काम केही दिनका लागि बन्द गरेको घोषणा गरेपनि त्यो ब्यावहारमा लागु भएको छैन । आम जनतामा कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउँदै बाह्र विमान बन्द गरेको भने पनि सरकाराले आफ्नो एयरलाईन्सलाई मात्र बन्द गरेर सोमबार चार बाह्र कम्पनीको उडान भर्न भने दिएको खुलेको छ ।
सरकारले इतियाद, कोरियन र दुई कतार एयरलाई नियमित सेडुल फ्लाईट अन्र्तत नै उडान भर्न दिएको नागरिक उड्यान प्रधिकरण स्रोतले जनाएको छ । यस अन्र्तगत सोमबार (आज) इतियाद एयर विमान त्रिभुवन अन्तराष्टिय विमान स्थानमा अवतरण गरेर प्यासेन्जर बोकि फिर्ता भै सकेको छ । यो एयरलाइन्सले विदेशी यात्रु छोडेर नेपालबाट यात्रु लिएर फर्किएको खुलेको हो । अरु तीन एयरलाइन्सको पनि उडान भर्ने सेडुल एयरपोर्टमा आएको छ । त्यसमध्ये कोरियन एयर सात बजेर ७ मिनेटमा आएर आठ विसमा फर्कने स्वकृति लिएको छ । त्यस्तै कतार एयरले दोहा काठमाडौको लागि ६ बजेर ४५ मिनेटमा समय लिएको छ । सोही अनुसार अवतरण गरेर यात्रु बोकेर फर्कने छ । एयरपोर्ट स्रोतका अनुसार कतार एयरले दुईबटा प्लेनमा मान्छे ओसार्ने सेडुल पठाएको छ । यि एयरलाइन्सले नियमित शुल्क भन्दा पनि चार गुणा बढी भाडा लिएर यात्रु ओसारी रहेका छन् ।
प्रतिकृया दिनुहोस्