January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार थान मास्क दियो

नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार थान मास्क दियो

चैत १२, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार थान मास्क उपलब्ध गराएको छ । नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष दिपक मल्होत्रालेस्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुुन् ।
चेम्बर अफ कमर्शले औषधि, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन भन्दै हिजो समन्वय समिति बनाएको थियो । कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि समन्वय समिति गठन गरिएको थियो ।
समितिमा दीपक मल्होत्रा, देवेन्द्रभक्त श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् । यो समुहले भोलीका दिनमा बाहिरी जिल्लामा क्रमिक रुपमा माक्सहरु वितरण गर्ने जनाएको छ ।

Advertisement