कान्तिपुरका सबै छापा प्रकाशन अर्को सूचना नभएसम्म बन्द
चैत १४, काठमाडौं ।
नोभल कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कान्तिपुर मिडिया गु्रपले आफ्ना सबै पत्रिकाको प्रकाशन तत्कालका लागि बन्द गर्ने निणर्य गरेको छ । कोरोना भाइरस विश्वका १९५ देशमा पुगिसकेको अवस्थामा कान्तिपुरले तत्कालका लागि आफ्ना सबै प्रिन्ट संस्करण शुक्रबारदेखि बन्द गर्ने निर्णय लिएको हो । ’आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं’, कान्तिपुर मिडियाको तर्फबाट अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीयमार्फत भनेका लेख्दै आफ्ना प्रिन्ट प्रकाशन बन्द गरेका हुन् । उनले विशेषप्रकाशीयमार्फत भनेका छन ’जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्।’
२०४९ सालमा स्थापना भएदेखि कान्तिपुरले निरन्तर प्रकाशन गर्दै आएको थियो। कान्तिपुर मिडियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकियमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
कोरोना भाइरसबाट बच्नका केही दिन पत्रिका नपढ्ने सुझाव विश्वका विभिन्न देशका विज्ञहरुले दिएका छन्। यस्तो अवस्थामा नेपालका पत्रिकाहरु पनि बन्द हुन थालेका हुन् । यसअघि नेपालमा साप्ताहिक पत्रिकाहरु पनि बन्द गर्ने निर्णय लिइएको थियो ।
प्रतिकृया दिनुहोस्