सुन उकालो लाग्यो
२४ कात्तिक, काठमाडौं । तिहार पछि लगातार रुपमा बढन थालेको सुनको मुल्य आज पनि बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन शुक्रबारमात्र प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा थियो । सुन जस्तै आज चाँदीको भाउ पनि बढेको हो । तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।