January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

चाँदीको दाना लगेर भारतबाट गहना बनाएर ल्याउने पक्राउ

चाँदीको दाना लगेर भारतबाट गहना बनाएर ल्याउने पक्राउ

शनिवार ३० कात्तिक २०७६
नेपालबाट चाँदीको दाना भारत लग्ने र त्यहाँबाट गर–गहना बनाएर नेपाल ल्याउने गिरोह अहिले धनुषामा सक्रिय भएका छन् । भारतबाट गर–गहना बनाएर नेपाल ल्याउँदै गरेको ६ किलो चाँदी सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेपछि यो बाटो खुलेको हो । चाँदीसँगै सशस्त्र प्रहरीले ७ लाख २० हजार १ सय रुपैयाँ समेत बरामद गरेको छ । सिरहाका ४८ वर्षीय अरुण गुप्तालाई चाँदी र नगदसहित पक्राउ गरिएको छ । भारतबाट चाँदीको गहना बनाएर जनकपुर ल्याउने क्रममा प्रहरीले गुप्तालाई पक्राउ गरेपछि यो पोल खुलेको हो । साइकलमा रहेका गुप्ताले शरीरभरि चाँदी र पैसा बाँधेर ल्याइरहेको सूचनाको आधारमा पक्राउ गरिएको थियो ।
सशस्त्र प्रहरीले चाँदीको तस्करी गर्ने गिरोहलाई पछ्याएर धमाधम पक्राउ गर्न थालेको छ । दुई महिनायता मात्रै सशस्त्र प्रहरी धनुषाले ५५ किलो चाँदी बरामद गरिसकेको छ । भारतको पटनामा चाँदीको गहना बनाउने मेसिन रहेकाले जनकपुरका सुनचाँदी व्यवसायीहरुले भन्सार छलेर चाँदीको दुई देशीय कारोवार गरिरहेको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बनाउनु भयो ।

Advertisement