विद्युत् निर्यातको लागि बजार खोज्दै सरकार
शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौ
सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको बताए ।
सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र नेपालमा मात्र पन्द्र सय मेघावाट मात्र खपत हुने भएकाले गर्दा बढी भएको विद्युत् विक्री गर्ने बजार खोजी गरिरहेको बताएका छन् ।
काठमाडौंमा जारी उर्जा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले विद्युत् उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले विभिन्न ऐन, कानुनमा सुधार र विदेशी सस्थालाई लगानी गर्नको लागि सहज भएको बताएका छन् ।
। उनले डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएकाले नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको बताए । उनले जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
प्रतिकृया दिनुहोस्