४२ लाख क्विन्टल उखुको २७ करोड अनुदान रकम नापएपछि किसान चिन्तित
०७ मंसिर, २०७६, काठमाडौं ।
कञ्चनपुरका साढे पाँच हजार उखुकिसानले अनुदानको रकम अझै पाएका छैन्न । पाँच हजार ५ सय ९४ उखु किसानले गत वर्षको अनुदान रकम नपाएका हन् । सरकारले गत वर्षदेखि आफैँले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । पूर्वतिरका चिनीमिलले सरकारले किसानलाई दिने अनुदानसहित किसानको उखुको मूल्यसमेत नदिएपछि सरकारले आफैंले सीधै किसानलाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कञ्चनपुरका दुई चिनी उत्पादक उद्योगले किसानलाई उखुको मूल्य भुक्तानी गरेको एक वर्ष बितिसक्दा पनि सरकारबाट पाउने अनुदान रकम पाउका छैनन् । गत वर्ष भागेश्वरले १९ लाख २० हजार र महाकालीले २२ लाख ८० हजार क्विन्टल उखु खपत गरेको थियो । महाकालीले दैनिक २२ हजार क्विन्टल उखु खपतको क्षमता रहे पनि कच्चा पदार्थ अभावका कारण १९ हजार मात्रै खपत गरिरहेको छ । २५ हजार क्विन्टल क्षमता विस्तार गरेको भागेश्वर चिनीमिलले दैनिक १६ हजार क्विन्टल मात्रै उखु खपत गरिरहेको छ । नगदेबालीका रूपमा रहेको उखु कञ्चनपुरका १३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिन्छ, तर पनि दुवै उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव हुँदै गएको छ । ०६७ सालमा सञ्चालनमा आएको महाकालीले वार्षिक एक लाख ८० हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको छ भने तीन वर्षअघिबाट सञ्चालनमा आएको भागेश्वर चिनीमिलले वार्षिक एक लाख ५२ हजार क्विन्टल चिनी उत्पादन गरिरहेको छ । सीमा क्षेत्रका यी दुवै चिनीमिलले स्थानीयभन्दा पनि बाह्य बजारमा प्रतिकेजी ६० रुपैयाँको थोक दरमा चिनी सप्लाई गर्दै आएका छन् । सरकारले चिनी उद्योगलाई १३ प्रतिशत भ्याटमध्ये ९० प्रतिशत छुट गराएर किसानलाई प्रतिक्विटल ६५ रुपैयाँ अनुदान सम्बन्धित उद्योगबाट वितरण गथ्र्याे भने अहिले सरकारले उद्योगबाट १३ प्रतिशतको शतप्रतिशत भ्याट लिएर त्यसबाट आफँैले अनुदान रकम वितरण गर्न प्रयास थालेपछि ढिलाइ भएको हो ।
मंसिर पहिलो सातासम्म पनि किसानले अनुदानको रकम पाएका छैनन् । बेलौरी नगरपालिका–१० शिवनगरको महाकाली सुगर इन्डस्ट्रिजमा तीन हजार एक सय ७४ र पुनर्वास नगरपालिका–२ आइबिआरडीको भागेश्वर सुगर एन्ड केमिकलमा दुई हजार चार सय १८ किसानले उखु बिक्री गरेका थिए । करिब ६ हजार उखु किसानले दुवै चिनीमिलमा झन्डै ४२ लाख क्विन्टल उखु बिक्री गरेका थिए । प्रतिक्विन्टल ६५ रुपैयाँका आधारमा ४२ लाख क्विन्टलको २७ करोड ३० लाख रुपैयाँ रकम हुन आउँछ । जुन रकम सरकारले दिन बाँकी छ ।
प्रतिकृया दिनुहोस्