धानमा आगो लगाउँदै झापाका किसान
मंसिर, २०७६, काठमाण्डौ । पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाउँदै छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । धान पसाउने बेलामा फौजी कीराको संक्रमणझेलेका किसान धान पाक्ने बेलामा फड्के कीराको संक्रमण झेलिरहेका छन् ।
मेची नगर नगरपालिका –९ का कमलमणि पौडेलले फड्के कीराले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताउनुभयो । भुसुना जस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको पौडेलको भनाइ छ । दुईचार दिनमै खेतमा पाकेको धान कीराले सखाप पारेपछि किसानको लागानी नै खेर गएको छ । मेचीनगरकै अर्का किसान धनमायाले ९ कठ्ठाको धान खेतमै डढाउनु भएको छ । यो समाचार कारोबार दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्