January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

मेनपावरले ठगी गरेको रकम तिर्न नपुगे घर घडेरी समेत विक्रीबाट तिराईने

मेनपावरले ठगी गरेको रकम तिर्न नपुगे घर घडेरी समेत विक्रीबाट तिराईने

पुष १८, काठमडौं ।
पछिल्लो समय वैदेशिक रोजगारीमा संगठित ठगी मैलाउँदै गएको छ । ठिगी मैदाउँदै जाँदा सरकार पनि कडा हुँदै गएको छ । वैदेशिक रोजगारका नाममा ठूलो रकम ठगी गर्ने म्यानपावर सञ्चालकले अब धरौटी रकमले नथामे पनि कानूनी उन्मुक्ति नपाउने भएका छन् ।
केही ठूला ठगीका घटनामा संलग्न म्यानपावर सञ्चालकको जग्गा जमिन र बैंक खाता रोक्का गर्न प्रक्रिया सरकारले थालेको छ । करोडौं ठगी गरेर पीडितलाई क्षतिपूर्ति नदिने म्यानपावर सञ्चालक र दलालहरुको सम्पत्ति तथा जायजथा घर घडेरी समेत विक्रीबाट क्षतिपूर्ती दिइने भएको हो । बैदेशिक रोजगार विभागले पहिलो पल्ट जायजेथाबाट ठगी भएको रकम तिराउन लागेको हो । विभागले हालसम्म म्यानपावरको धरौटी रकमबा ठगिएकाहरुको रकम आपसी सहमतीमा फर्ता गराउँदै आएको थियो ।
विभागमा एकै म्यानपावरले ५ करोड रुपैयाँसम्म ठगी गरेको उजुरी परेपछि नया विकल्प खोजी गरेको हो । म्यानपावरले विभागमा मुस्किलले ७ लाख मात्रै धरौटी र २३ लाख बैंक ग्यारेन्टी राख्ने अनी करोडौ ठगी गर्ने प्रचलन देखिएपछि यस्तो प्रबधान ल्याएको हो । हाल बढाइएको धरौटीभन्दा बढी रकम ठगिएको भन्दै परेका उजुरीका आधारमा जायजेथाबाटै भराउने गरी प्रक्रिया थालेपछि एजेन्टहरु अदालतमा मुद्दा लिएर जान थालेका छन् ।

Advertisement