भक्तपूरको मध्यपूरठिमीमा अन्नपूर्ण तरकारी बजार संचालनमा आउने
पुस २८, भक्तपुर ।
भक्तपूरको मध्यपूरठिमी नगरपालिकाको गठ्ठाघरमा भोलिदेखि अन्नपूर्ण तरकारी बजार संचालनमा आउने भएको छ । अन्नपूर्ण बहुमुखि सहकारी संस्थाले तरकारी बजार संचालन गर्न लागेको हो । ०५४ सालबाट शुरु भएको यस संस्थाले यसअघि बचत तथा ऋणको काम मात्र गर्दै आएकोमा अब तरकारी बजार पनि संचालनको तयारी गरेको हो । यसका लागि संस्थाले ८ रोपनी जग्गामा २ सय वटा भन्दा धेरै सटर निर्माण गरी अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट थोक तथा खुद्रा व्यापारको तयारी गरेको छ । यस बजारबाट भक्तपूर र आसपासका क्षेत्र तथा जिल्लामा उत्पादित तरकारी बजारीकरणका लागि सहज हुने छ । यसअघि भक्तपूर तरकारी बजारका रुपमा संचालनमा आइरहेको तरकारी बजार अबदेखि अन्नपूर्ण बहुमुखि सहकारी संस्थाले अझ व्यबस्थित गरि संचालन गर्न लागेको संचालक शिवहरि खनालले जानकारी दिए । भोलिदेखि शुरु हुने बजारमा तत्काल एक सय वटा सटरहरु संचालन हुने र बाँकी सटरका लागि बुकिङ्ग खुल्ला गरिएको हो ।
तरकारीको बजारमा हाल भइरहेको विचौलियाको अन्त्य गर्ने गरि बजार शुरु गर्न लागिएको संस्थाका अध्यक्ष देवराज न्यौपानेले जानकारी दिए । संस्थाका शेयर सदस्य तथा उपभोक्ताले यहाँबाट सस्तो दरमा तरकारी खरिद गर्न सक्ने बताइएको छ । तरकारीका
प्रतिकृया दिनुहोस्