February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विप्लब समुहले जलाओ एनसेलको टाबर

विप्लब समुहले जलाओ एनसेलको टाबर

२९ पुस, काठमाडौं ।
राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी गरिएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गरिएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
टाबर जलाउँन नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको स्थानियको भनाई छ । राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको थियो । सोमबार राती पनि सोही समुहका कार्यकर्ता आएर आगजनी गरेको स्थानिय बताउँछन् ।

Advertisement