January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सुनको मुल्य ओरालो लाग्यो

०७ माघ, २०७६, काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य केही घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार बढेको सुनको मुल्य बुधबार ५ सय रूपैयाँले घटेर प्रतितोला ७४ हजार ८ सयमा कारोवार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ५ सयमा कारोवार भइरहेको छ ।
नेपालमा केहि समययता सुनको मूल्यमा उतारचडाब हुदाँ सिजनमा दैनिकजसो ३० केजी बराबर सुन किनबेच हुने गरेकोमा हिजोआज दैनिक ८ देखि १० केजीको मात्रै कारोबार भइरहेकोे छ । यस्तो हुनुमा आन्तरिक कारण नभइ अन्तर्रा्ष्ट्रिय राजनीतिक तनाव भएको व्यवसायी बताउँछन् ।
मंगलबार सुनको मुल्य प्रतितोला ७५ हजार ३ सय रूपैयाँसम्म पुगेको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ ।चाँदी प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला ८ सय ८० रूपैयाँ कायम भएको छ ।

Advertisement