January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

२६ अर्ब माथिको लगानी प्रतिवद्धतामा बृद्धि

२६ अर्ब  माथिको लगानी प्रतिवद्धतामा बृद्धि

माघ १०, काठमाडौं ।
बुहमतको स्थाई सरकारसँगै देखिएको राजनैतिक स्थिरताले विदेशी लगानीको प्रतिवद्धता बढेको छ । विदेशी लगानी सम्वन्धी कानूनमा सुधार, एकल विन्दू सेवा केन्द्र सञ्चालन आएसँगै लगानीकतर्नाहरुका लागि नेपाल प्रबेश सहज भएको देखिन्छ । परिमाण उद्योग दर्ता देखि अन्य प्रक्रिया सहज भएका कारण विदेशी लगानी वृद्धिमा बढेर गएको हो ।
लगानी सम्वन्धी ऐनमा सुधार भएसँगै विदेशी लगानीकर्ताहरुको प्रतिवद्धता बढेको छ । चालुआर्थिक वर्षको ६ महिना अवधिमा गत वर्षको सोही अवधिको तुलनामा करिब २६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता देखिन्छ । विदेशी लगानीकर्तालाई थ्रेस होल्ड राख्दा समेत प्रतिवद्धता बढ्नुलाई दुईतिहाई सरकारको विश्वासको रुपमा हेरिएको छ ।
चालुआर्थिक वर्षको ६ महिनाको अवधिमा १ सय ५१ उद्योगहरुमा ४० अर्ब ७३ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको हो । गत वर्षको यही अवधिमा करिब १ सय ९६ उद्योगका लागि १४ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।
यो ६ महिना अवधिमा उद्योग संख्या घटेपनि लगानी भने करिब २६ अर्ब रुपैयाँले बढेको छ । यो गत वर्षको तुलनामा २०० प्रतिशतले बढी हो । सबैभन्दा बढी पर्यटन क्षेत्रमा ८ अर्ब ७ करोड रुपैयाँ बराबरको ६० उद्योगहरु दर्ता भएका छन् । नेपालले पर्यटन बर्ष मनाईरहँदा पर्यटन क्षेत्रमा लगानी बढेर गएको हो । त्यस्तै, सेवा क्षेत्रमा ६ अर्ब रुपैयाँ बराबरको ३९ उद्योग दर्ता भएका छन् ।
ऐन अनुसार ६ अर्ब रुपैयाँ भन्दा कम पँुजि भएको विदेशी लगानीका परियोजनाहरु उद्योग विभाग अन्र्तगत पर्छ । विभागका अनुसार १० देखि २० करोड रुपैयाँ पूँजि भएका ३७ उद्योग दर्ता भएका छन् । भने ५० करोड रुपैया सम्मका विदेशी लगानीका ३४ उद्योगहरु दर्ता भएका छन् ।

Advertisement