About
Contact
January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार
गृहपृष्ठ
विशेष
समाचार
अर्थनीति
बैंक
सेयर बजार
कर्पोरेट
कर
मनोरञ्जन
इन्सुरेन्स
पत्रपत्रिका
विधुत
पर्यटन
विविध
अख्तियार
जिवनशैली
साहित्य
खेलकुद
रोचक प्रसँग
धर्म
रोजगार
राजनीति
बाणिज्य
स्वास्थ्य
पत्रपत्रिका
रचना
विचार
विश्व अर्थतन्त्र
English
बाणिज्य
बैंकमा पन्द्र अर्ब लगानी योग्य रकम थपियो
457
SHARES
वाणिज्य न्युज
२७ श्रावण २०७६
चालु आर्थिक वर्ष सकिँनै लाग्दा सरकारी खर्चको भुक्तानी बढेकाले वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम बढेको छ । बैंक तथा बित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अर्थात तरलता बढेर ३८ अर्ब पुगेको छ । गत साता यस्तो रकम घटेर २३ अर्बमा खुम्चिएको थियो । राष्ट्र बैंकले जनाएअनुसार एक सातामा वित्तीय प्रणालीमा १५ अर्ब तरलता थपिएको हो । अन्तरबैंक सापटीको ब्याजदर भने अहिले ६.५ प्रतिशत रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ । सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर गत वर्षको भन्दा बैंकहरुमा निक्षेप बढ्ने क्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना भन्दा बढी समय रहँदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपनि कर्जा दिने क्रम भने रोकिएको छैन । बैंकर्स एशोसिएसनका अनुसार वाणिज्य बैंकहरुले जेठ महिनामा ५१ अर्ब निक्षेप संकलन गरेर २१ अर्ब कर्जा लगानी गरेका छन् । गत वैशाखमा बैंकहरुमा ५ अर्ब निक्षेप थपिँदा २७ अर्ब कर्जा विस्तार भएको थियो । चैत्रमा २९ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २२ अर्ब कर्जा लगानी गरेका थिए भने फागुनमा ४ अर्ब निक्षेप उठाएका बैंकहरुले ९ अर्ब कर्जा परिचालन गरेका थिए । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८९ अर्ब निक्षेप थपिएको छ भने ३५७ अर्ब कर्जा परिचालन गरेका छन् । एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ६८ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् । जेठको अन्तिम साता बैंकहरुमा पाँच अर्ब निक्षेप थपिएको छ भने कर्जा विस्तार ३ अर्बले बढेको छ । बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।
Advertisement
प्रतिकृया दिनुहोस्
भर्खरै
लोकप्रिय
एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत
बागमती प्रदेश सरकारको विकास खर्च कमजोर
एक महिनामा चार अर्ब ९९ करोडको विदेशी लगानी स्वीकृत
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै
२४ पुष २०८१
तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?
२३ पुष २०८१
४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार
२४ पुष २०८१
भूकम्प प्रभावः परीक्षा सर्यो , कलेज बन्द, कहाँ के क्षति भयो ?
२३ पुष २०८१
तिब्बतमा ७ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा ५ दशमलव २ म्याग्नेच्युडको धक्का
२३ पुष २०८१
प्रतिकृया दिनुहोस्