उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा
१४ फागुन, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।ढकालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघको बरिष्ठ उपाध्यक्षमा औपचारिक रुपमा उम्मेद्बारी घोषणा गरेका हुन् । महासंघको आगामी चैत हुने चुनावका लागि उनले बुधबार वरिष्ठ उपाध्यक्षको घोषणा गरेका हुन् ।
यसअघि गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरेका उनी अर्का प्रत्यासी किशोरकुमार प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । ढकालका प्रतिस्पर्धी प्रधानले यसअघि नै गृहजिल्ला विराटनगर पुगेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, काठमाडौंबाट भने घोषणा गरेका छैनन्।
प्रधान र ढकालको उम्मेदवारी घोषणासँगै महासंघमा प्रष्ट दुई धारबीच चुनाव हुने तय भएको छ। दुबै उम्मेदवारले आफू सर्वसम्मत हुन खोजिरहेका छन्।
आगामी चैतमा हुने साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।
त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।
प्रतिकृया दिनुहोस्