सेयर कारोवार हुने समय एक घण्टा थपिने
- वाणिज्य न्युज
- २९ फाल्गुन २०७६
फागुन २९, काठमाडौं ।
दैनिक चार घण्टा कारोवार हुने सेयर बजारमा अव एक घण्टा थपेर पाँच घण्टा पु¥याउने तयारी भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा समय बढाएर आइतबारदेखि विहिवार सम्म बिहान १०ः३० बजे देखि दिउँसो ३ः३० सम्म कारोबार गर्ने तयारी भएको हो । हाल बजारमा आइतबारदेखि विहिवार सम्म विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म सेयर कारोवार हुने गरेको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा गृहकार्य भैरहेको र सम्भव भएसम्म यही आइतवार देखि समय थपिन सक्ने बताए ।
- अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
- चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
- एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन
- राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
- पाँचथर पावर कम्पनीले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?
प्रतिकृया दिनुहोस्