यि बैक बन्द हुने, यस्तो छ कारण

यि बैक बन्द हुने, यस्तो छ कारण

१८ मंसिर, २०७६, काठमाण्डौँ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबार भोलि बिहीबार बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट दुवै बैंकको एकीकृत कारोबार पर्सि शुक्रबार (मंसिर २० गते) देखि सुरु गर्ने भएकोले डाटा माइग्रेट गर्नका लागि सम्पूर्ण बैंकिङ कारोबार एक दिन बन्द गर्न लागिएको हो ।
बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा रहनेछ । मर्जरपछि बैंकको सञ्चालक समितिमा ग्लोबलका पाँचजना र जनता बैंकका दुईजना हुनेछन् । एकीकृत बैंकको अध्यक्षमा चन्द्रपसाद ढकाल नै हुनेछन् । सीईओमा जनताका पर्शुराम कुँवर क्षेत्री रहनेछन् ।
दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आएको अतिरिक्त सन्ध्याकालीन काउन्टर सेवा बुधबार बन्द रहनेछन् । यसैगरी बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्म दुवै बैंकका एटीएम सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैंकिङ सेवा बन्द रहने दुवै बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि दुवै बैंकको गत मंसिर २ गते सम्पन्न वार्षिक साधारणसभाले आपसमा गाभिने विशेष प्रस्ताव पारित गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयमा संयुक्त निवेदन दिएका थिए । दुवै निकायबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै बैंकले आउँदो शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
मर्जरपछि ग्लोबल आइएमई बैंकको कुल निक्षेपको आकार २ अर्ब १० खर्ब , कर्जा लगानि २ खर्ब हुनेछ । शाखा कार्यालय ३०० पुग्नेछन् । बैंकका एटिएम २५६ र २४१ शाखासहित बैंकिङ , ३३ ओटा एक्सटेन्सन कायम हुनेछन् । त्यस्तै, बैकका कर्मचारि ३ हजार २ सय ५० भन्दा बढि हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।