जनताको निक्षेपमा बेइमानी
२३ मंसिर, २०७६, काठमाण्डौ । बैंकिङ कसुर हुुनुु भनेको सोझो अर्थमा जनताको निक्षेपमा बेइमानी हुुनु हो । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट रकमको कारोबार गर्न अनुुमतिप्राप्त गरेका बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक, कर्मचारी, व्यवस्थापक एवं बदनियतपूर्ण नियत राख्ने ऋणी र ग्राहकले आम सर्वसाधारणले भविष्यमा आउनसक्ने कुुनै पनि कार्यको लागि जोगाएर राखेको रकममा बेइमानी गर्नुु हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एउटा मात्र तथ्यांकलाई हेर्ने हो भने नेपालमा यो बेइमानीको शृंखला निकै लामो भइसकेको छ । पछिल्लो १० वर्षमा बैैंकिङ कसुरसम्बन्धी एक सय ९८ वटा मुुद्दा दर्ता हुुनुु, उक्त मुुद्दामा हालसम्म दुुई सय २३ जना पक्राउ पर्नुु अनि उनीहरुउपर २२ अर्ब छ करोड आठ लाख ४६ हजार आठ सय ३८ रुपैैयाँ ३१ पैसा मागदाबी रकम तोकिनुु भने सामान्य होइन ।
नेपालमा अहिले सबै किसिमका एक सय ६५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यसअन्तर्गत २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८९ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको छ । देशभर यी सबै बैंक तथा वित्तीय संस्थाहरुको कुुल नौ हजार एक सय १० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यी सबैमा गरी दुुई करोड ९२ लाख ६९ हजार वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् भने कर्जातर्फ १४ लाख ५६ हजार चार सय ४० वटा खाता सञ्चालनमा रहेका छन ।
राष्ट्र बैंकका उच्च अधिकारीहरुले पद र पैसाको लोभबाट माथि उठेर आम नागरिक, मुुलुकको राष्ट्रिय अर्थतन्त्र र आर्थिक समृद्धिको दिशामा केन्द्रित भएर काम गर्नुुपर्छ । अनिमात्र आम सर्वसाधारणको निक्षेप सुरक्षित हुुन्छ, राष्ट्र बैंकको गरिमा उच्च हुुन्छ मुुलुकले दिगो आर्थिक विकास र समृृद्धि हासिल गर्छ ।